राजनीति


रसुवा बाढी : प्रभावितलाई तत्काल उद्धार र राहत दिन सांसदहरुको माग

रसुवा बाढी : प्रभावितलाई तत्काल उद्धार र राहत दिन सांसदहरुको माग

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १५:३२, काठमाडौँ

सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे।

सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएको विषयमा जिज्ञासा राखे।

सांसद डिकबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भएको भएपनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए।

सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरे।

सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए।

सांसद तारा लामा तामाङले रसुवामा  आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad