साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार लगातार छैठौँ दिनसम्म बढेको बजार परिसूचक नेप्से २२.३५ अंकले घटेको हो।
योसँगै बजार फेरि २७ सय विन्दुबाट झरेको छ। सोमबार ३९ वटा सेयरको मूल्य बढे पनि २०९ वटाको घटेको छ।
यस दिन बजारमा १ करोड ९४ लाख कित्ता सेयर बिक्री भएको छ। उक्त बिक्रीमा ८ अर्ब ३७ करोडको सेयर किनबेच भएको हो। आज कम्पनीहरुको ६.५६ प्रतिशतसम्म मूल्य बढेको छ। माथिल्लो मैलुङ खोला, कर्पोरेट डेभलपमेन्ट बैंक, भगवती हाइड्रोपावर, सिन्धु विकास बैंक, क्रेस्ट माइक्रोलगायतको सेयर मूल्य बढेको हो।
त्यस्तै राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, गुडविल फाइनान्स डिबेन्चर, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्सलगायतको सेयर भने घटेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीो ८० करोडको कारोबार हुँदा गार्डियन माइक्रो लाइफको ४१ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट २४ करोड, साहस ऊर्जा २० करोड र ङादी ग्रुप पावरको १९ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया