राजनीति


शिक्षा समिति बैठकमा कांग्रेस प्रमुख सचेतक र माओवादी सांसदबीच नोकझोँक

शिक्षा समिति बैठकमा कांग्रेस प्रमुख सचेतक र माओवादी सांसदबीच नोकझोँक

नेपालखबर
असार २२, २०८२ आइतबार १५:४६, काठमाडौँ

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच नोकझोँक चलेको छ।

समितिको आइतबारको बैठकमा सभापति अम्बरबहादुर थापाले सुरुमै प्रमुख सचेतक घिमिरेलाई बोल्न समय उपलब्ध गराएको जानकारी गराए। 

समितिका सदस्यका रुपमा बोल्न नदिई कुनै दलको प्रमुख सचेतकको हैसियतमा बोल्न दिएको भन्दै माओवादी सांसद शर्माले असन्तुष्टि जनाइन्।  

शर्माले असन्तुष्टि जनाएलगत्तै सभापति थापाले भने- माफ गर्नुहोला सदस्य भन्नुपर्नेमा प्रमुख सचेतक भनेछु। 

शर्माले समितिको बैठकमा कुनै पनि दलको प्रमुख सचेतकको ह्वीप मान्न नसकिने बताइन्। 

शर्माको आपत्तिपछि बोलेका घिमिरेले भने, 'अपमानित गरेर बोल्न पाइँदैन।' 

सांसद शर्माले भने विद्यालय शिक्षा विधेयक आज पारित गर्ने भनेर सभापतिले बैठक बोलाएको तर स्थगित गर्ने भनेर प्रस्ताव राखेपछि आक्रोश व्यक्त गरिन्। उनले प्रश्न गरिन्, 'समिति कसको कन्ट्रोलमा छ?' 

घिमिरे फरक मत रहन्छ भन्दै बैठकबाट बाहिरिन खोजेपछि सभापति थापाले बस्न आग्रह गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad