कारोबार


मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ : पूर्वअर्थमन्त्री पुन

मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ : पूर्वअर्थमन्त्री पुन

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार १५:५८, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा अर्थ समितमा भएको बाफिया विधेयकमाथिको छलफलमा उनले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताए।

‘खासगरी अर्थतन्त्र चलयामान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो,’ पुनले भने, ‘तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ। बैंकहरुलाई जथाभावी रुपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन। सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ।’

अर्थतन्त्रमा देखिएका समस्याहरु खाली प्रकट गरेर मात्रै बस्न नहुने भन्दै समाधानतर्फ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad