राजनीति


विद्यार्थीलाई गगनको सुझाव– नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्

विद्यार्थीलाई गगनको सुझाव– नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्

नेपालखबर
असार २१, २०८२ शनिबार १६:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे।

‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस्,’ थापाले भने, ‘तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। दुई वटै रङ। यो देशमा केही राम्रो भएको छ। केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्। गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस्। बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न। नथाक्नुस्, नभाग्नुस्। नगल्नुस्। अडिएर बस्नुस्। नयाँ कुरा सिक्नुस्। क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस्।’

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad