काठमाडौँको गोकर्ण फरेस्टमा रिसोर्टमा आयोजित भारतीय राजदूत आमन्त्रित गल्फ प्रतियोगिता–२०२६ सम्पन्न भएको छ।
प्रतियोगितामा गल्फप्रेमी, सरकारी अधिकारी र कूटनीतिज्ञहरू सहभागी रहेका थिए। प्रतियोगिताका विजेतालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पुरस्कार वितरण गरेका थिए।

राजदूत श्रीवास्तवले प्रतियोगिताका विजेतालाई बधाई दिँदै सहभागिताका लागि धन्यवाद दिए।
कार्यक्रममा दुई जना युवा नेपाली गल्फ खेलाडीलाई एक–एक लाख पुरस्कार पनि प्रदान गरिएको छ। युवा प्रतिभालाई प्रोत्साहन गर्न नगद पुरस्कार प्रदान गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।





प्रतिक्रिया