कर्णाली


हराएको १५ दिनपछि कर्णालीका भौतिकमन्त्रीका सवारी चालकको शव फेला

हराएको १५ दिनपछि कर्णालीका भौतिकमन्त्रीका सवारी चालकको शव फेला

दिनेश बुढा
असार २१, २०८२ शनिबार १५:२८, सुर्खेत

हराएको १५ दिनपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहकारीमन्त्रीका सवारी चालकको शव फेला परेको छ। शुक्रबार भेरी नदीमा किनारामा चालकको शव फेला परेको प्रहरीले जनाएको छ।

मन्त्रीको सवारी चालकको रूपमा रहेका  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका(२ घर भएका अन्दाजी २९ वर्षीय हिमबहादुर बिष्ट गत असार ६ गतेदेखि सम्पर्कबिहीन भएका थिए। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले शुक्रबार सुर्खेतको बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा भेटिएको शव बिष्टको भएको जानकारी दिए। 

उनकाअनुसार चालक विष्टले असार ६ गते बिहान मन्त्रालयमा आफू बिरामी भएको र कार्यालयमा उपस्थिति हुननसक्ने जानकारी गराएका थिए। तर, त्यसपछि उनि सम्पर्कबिहीन भएका थिए। 

यस्तै, प्रहरीका अनुसार  उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो। 

त्यसपछि प्रहरीले नदीमा हाम फालेको हुनसक्ने आशंका गरेर भेरी नदीमा खोजतलास जारी राखेको थियो। सोही  क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad