धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंक (एडीबी) को ऋण अस्वीकार गरेका छन्।
बिहीबार खानेपानी मन्त्रालयलाई पत्र पठाएर साम्पाङले एडीबीको ऋण नलिने स्पष्ट पारेका हुन्।
सरकारले धरानको खानेपानी आयोजनाका लागि एडीबीको ऋण सहायता उपलब्ध गराउन खोजेकोमा मेयर साम्पाङले अस्वीकार गरेका हुन्।
उनले धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको भन्दै आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउन आग्रह गरेका छन्।
‘अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौँला’ पत्रमा भनिएको छ।

84
Shares

प्रतिक्रिया