राजनीति


रास्वपाले आइतबारसम्म उम्मेदवारको मापदण्ड तोक्ने, जिम्मा सहमहामन्त्री आचार्यलाई

रास्वपाले आइतबारसम्म उम्मेदवारको मापदण्ड तोक्ने, जिम्मा सहमहामन्त्री आचार्यलाई

नेपालखबर
असार १९, २०८२ बिहिबार १६:२६, काठमाडौँ

कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ। 

आज बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले प्रस्तावित मापदण्डका रुपमा तीन बुँदा तयार पारेको हो। जसमा स्वच्छ छविको हुनुपर्ने, स्थानीय हुनुपर्ने, स्थानीय तथा राष्ट्रियस्तरमा स्थापित भए झनै राम्रो भनेर प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए। 

मापदण्डलाई अन्तिम रुप भने आइतबारसम्म टुंगो लाग्ने र यसको जिम्मा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका सहमहामन्त्री विपिन आचार्यलाई जिम्मा दिइएको छ। 

रास्वपाले उम्मेदवार छान्न पनि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। उम्मेदवार छान्नका लागि स्थानीय पार्टीबाट सिफारिस माग्ने, आन्तरिक निर्वाचनका लागि आह्वान गर्ने, आन्तरिक निर्वाचनबाट ५० प्रतिशत मत पाउने व्यक्तिलाई सिफारिस गर्ने, र सोही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय बिहीबारको बैठकले गरेको हो।  

बैठकमा नेताहरूले उम्मेदवार सकभर पार्टीकै नेता कार्यकर्ता हुनुपर्ने र भूगोल र त्यहाँको अवस्था बुझेको हुनुपर्ने बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad