कोशी


विराटनगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आह्वान

विराटनगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आह्वान

नेपालखबर
असार १९, २०८२ बिहिबार १६:४३, विराटनगर

विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने प्रक्रिया सुरु भएको छ।

शैक्षिक सत्र २०८२ का लागि  विद्यार्थीहरूले २०८२ असार २८ गतेसम्म अनलाइन आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

छात्रवृत्तिका लागि छनोट परीक्षा २०८२ असार ३ गते (शनिबार) हुने तय भएको छ। आवेदन महानगरको वेबसाइटबाट अनलाइन फारम भरेर दिन सकिने भनिएको छ। आवेदन शुल्क निःशुल्क राखिएको छ।

छात्रवृत्ति पाउन न्यूनतम योग्यता एसइई परीक्षामा १.६ जिपिए पुगेको हुनुपर्ने शर्त राखिएको छ। छनोट परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका प्रश्नहरू सोधिने र त्यसको आधारमा छात्रवृत्ति वितरण गरिने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए। 

महानगरपालिकाले आवेदन प्रक्रिया, फारम भर्ने तरिका, आवश्यक निर्देशन, आरक्षण कोटा व्यवस्था र परीक्षा सम्बन्धी विस्तृत विवरण  समेत सार्वजनिक गरेको छ।

आर्थिक अवस्था कमजोर रहेका, आदिवासी, दलित, जनजाति, विपन्नलाई लक्षित गरी छात्रवृत्ति वितरणको लागि योग्य विद्यार्थी छान्ने गरी सार्वजनिक सुचना जारी गरिएको मेयर कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad