राजनीति


कांग्रेस बैठकमा ईश्वरी न्यौपानेको चिन्ता: ०८४ को चुनावमा जे पनि हुन सक्छ

कांग्रेस बैठकमा ईश्वरी न्यौपानेको चिन्ता: ०८४ को चुनावमा जे पनि हुन सक्छ

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८२ बिहिबार १४:५७, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे पार्टीबाट मन्त्री भएकाहरूको चर्को आलोचना गरेकी छन्। 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले बजेट मन्त्रीले नदिने तर जवाफदेही सांसदहरू र पार्टीका अन्य नेताहरू हुनुपरेको भन्दै आपत्ति जनाएकी हुन्। 

'कांग्रेस हामी, कुन कांग्रेस हौँ? आज कांग्रेसले कांग्रेसलाई जता पनि गाली गरेको छ।  चिया पसलमा पनि सामाजिक सञ्जालमा पनि गाली गरिरहेको छ। भित्र गाली गर्न त्यति आँट गर्दैनन् तर सुरु गरेका छन्,' उनले भने, 'चित्त नबुझेको कुरा भन्नुपर्ने हुन्छ तर दलका साथीहरूलाई उडाउने? हामी पार्टीका सांसद हौँ। बजेटप्रति सांसदहरूको गुनासो छ। बजेट दिने बेलामा नदिने तर दोष सांसदहरूले खानुपर्ने? जवाफदेही हुनुपर्ने?'

उनले सांसदहरूसँग छलफल नगरे पनि कम्तीमा ७७ जिल्लाका केन्द्रीय सदस्य तथा सभापतिहरूसँग छलफल गरेर बजेटमा योजना राखिदिएको भए के हुन्थ्यो? भन्दै प्रश्न पनि गरिन्।  

पार्टीप्रति युवाको आकर्षण घटेको भन्दै उनले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइन्।  

'कांग्रेसमा युवा कसरी आकर्षण हुन्छ? भ्रातृ संस्थाको अधिवेशन गर्न १० वर्षसम्म नसक्ने अनि आकर्षण हुन्छ?,' उनले भनिन्, 'यसरी चल्दैन पार्टी। यस्तै हुने हो भने अब आउने ०८४ को चुनावमा जे पनि हुन सक्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad