राजनीति


अपडेट: संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउन न्यायाधीश अझै आएनन् इजलासमा

अपडेट: संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउन न्यायाधीश अझै आएनन् इजलासमा

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार २३:३१, काठमाडौँ

संवैधानिक नियुक्ति विवादको फैसला सुनाउने भनेर कानुन व्यवसायी तथा सञ्चारकर्मीलाई इजलासमा बोलाइए पनि न्यायाधीशहरु अझै देखापरेका छैनन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासका पाँचै जना न्यायाधीश च्याम्बरमै छन्।

बिहान १० बजेदेखि छलफलमा जुटेका  उनीहरुले केहीबेरअघि लिखित पाठ तयार गरेका छन्। उक्त निर्णय इजलासमा पढेर सुनाउने गरी तयारी भएको छ। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासले यो निर्णय सुनाउन लागेको हो।

चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद अदालत पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad