संवैधानिक पदाधिकारी नियुक्ति विवादको निर्णय इजलासमै पढेर सुनाइने भएको छ। अहिले इजलासमा निर्णय सुनाउने तयारी भइरहेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा आज निर्णय सुनाउन लागिएको हो।
चार वर्षअघि विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद अदालत पुगेको थियो।
न्यायाधीशहरु आज बिहानैदेखि ढोका थुनेर च्याम्बरमा छलफलमा जुटेका थिए। उनीहरुले १२ घण्टासम्मको छलफलपछि लिखित निर्णय तयार पारेका हुन्।
अबेर राति निर्णय सुनाउन लाग्दा पनि कानुन व्यवसायी तथा सञ्चारकर्मीहरुले इजलास खचाखच भरिएको छ।
नियुक्ति विवादमा परेका यी हुन् ५२ संवैधानिक पदाधिकारी, कसको अवस्था के?
1.3k
Shares

प्रतिक्रिया