राजनीति


सत्ता गठबन्धनलाई ०८४ सम्म लैजानुकाे विकल्प छैन- गृहमन्त्री लेखक

सत्ता गठबन्धनलाई ०८४ सम्म लैजानुकाे विकल्प छैन- गृहमन्त्री लेखक

नेपालखबर
असार १८, २०८२ बुधबार १७:३३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन्।  बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगकाे भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेकाे गठबन्धन विकल्प नभएको बताएका हुन्। 

'मैले हिजाे पनि पार्टीकाे केन्द्रीय समिति बैठकमा ८४ सम्म याे गठबन्धनलाई निरन्तरता दिनुपर्छ। सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ,' उनले भने, 'एक वर्षपछि हाम्राे पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ। ८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ।'

कांग्रेस र एमालेकाे गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखककाे भनाइ छ। 'यहीअनुसार हाम्रा गतिविधि हाम्रा क्रियाकलाप, काम कारबाही हुनुपर्छ। राजनीतिक विषयलाई हामीले ध्यान दिनुपर्छ' उनले भने। 

यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रकाे एम्बुसमा परेकाे बताए। 

'मान्छेका आ-आफ्नो राजनीतिक उदेश्य छन्। सरकार र समीकरणलाई कसरी कमजोर गर्ने? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा हाेला। मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएकाे हाे,' उनले भने, 'याे कुरा विस्तारै स्पष्ट हुँदै गएको छ। एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जाेड्नुकाे नियत प्रष्टै छ।'

साथै सरकार र विपक्षी दलबीचकाे सहमतिअनुसार अध्यागमनमा देखिएकाे समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेकाे उनको भनाइ छ। यस्तै सुदूरपश्चिमकाे विकासका लागि सरकार सबै तवरबाट लागि परेकाे गृहमन्त्री लेखकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad