राजनीति


निजामती विधेयक पढ्न माग्दा सभापतिले दिनु भएन: हितराज पाण्डे

निजामती विधेयक पढ्न माग्दा सभापतिले दिनु भएन: हितराज पाण्डे

नेपालखबर
असार १८, २०८२ बुधबार १४:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयक पढ्न माग्दा सभापति रामहरि खतिवडाले नदिएको गुनासो गरेका छन्। बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा पाण्डेले नियवश नै त्रुटि गरिएको आरोप लगाएका हुन्। 

'सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरैपटक मागेको थिएँ । विश्वासघात भएको छ,' उनले भने, 'कुलिङ पिरियडमा छलछाम भएकै हो। छानबिन गर्नुपर्छ। कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्छ।' 

नैतिकता भन्ने कुरा आफैँले बुझ्ने कुरा भएको भन्दै उनले छानबिन सभापतिसहित सबैलाई गर्नुपर्ने बताए। 

'नैतिकताको कुरा आफैँले जान्ने हो। सभापति, सचिवले नैतिकताको कुरा आफैँले देखाउने हो,' उनले थपे, 'छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ। संसद्लाई हेपियो यो सही भएन।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad