राजनीति


पतञ्जलि जग्गा प्रकरणबारे माधव नेपालले भने: ‘नबिराउनु, नडराउनु’

पतञ्जलि जग्गा प्रकरणबारे माधव नेपालले भने: ‘नबिराउनु, नडराउनु’

नेपालखबर
असार १७, २०८२ मंगलबार २१:३८, जनकपुर

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन्।

पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन समारोहमा उनले जनआक्रोश र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। 

अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राखे। उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad