राजनीति


गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : मेयर महर्जन

गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : मेयर महर्जन

नेपालखबर
असार १७, २०८२ मंगलबार २०:६, काठमाडौँ

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनिकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताए।

मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका कामहरु गरिरहेको बताए। यद्यपि केही उपकरण तथा साधन अभाव रहेकाले त्यसतर्फ समेत काम भइरहेको उनको भनाइ छ। 

‘गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौँ, यस्ता विपद् बाट नगरबासीहरुलाई सुरक्षा प्रदान गर्नको निमित्त ललितपुर महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु बाँकी नै छन् भनेर हामीले लेसन लर्न गर्‍यौँ,’ महर्जनले भने, ‘सोहीअनुसार हामीले विभिन्न किसिमको तालिमहरू र उपकरणको पनि हामीले व्यवस्थापन गरेका छौँ।अझै कम भउको उपकरण र साधनहरुको व्यवस्थापन गर्न गइरहेका छौँ।’

पूर्वतयारी गर्न नसक्दा गतवर्षको विपद्को प्रतिकार्य गर्न नसकिएको उनको भनाइ छ। महर्जनले भने, ‘विपद् व्यवस्थापनको सवालमा मुलुकका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये ललितपुर महानगरपापलका सबैभन्दा अब्बल छ भन्ने गरेको थिए। तर हामीले उतिबेला विपद् प्रतिकार्य गर्न त्यति सफल भएनौँ। विपद् कहिल्लै नरोकिने रहेछ। त्यसकारण विपद् प्रतिकार्यको लागि आवश्यक तालिमहरु गरिरहनुपर्ने रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad