राजनीति


गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरुमा अनुशासन भएन : महत

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरुमा अनुशासन भएन : महत

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८२ मंगलबार १८:४८, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएका छन्। केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताए।

सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै महतले गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने जिकिर गरे। ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन,’ उनले भने, ‘विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको। गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन। त्यो कुरा साथीहरुले बुझ्नुभएको छ।’

तर, सरकारमा गएका मन्त्रीहरुले राम्रो काम गनुपर्छ भन्ने रहेको महतले बताए। ‘यद्यपि कतिपय साथीहरुको गुनासो छ, तथापि गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन,’ उनले भने, ‘डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम गर्नुपर्छ भन्ने छ।’ 

महतले पार्टीमा अनुशासन नभएको र जे पायो त्यही बोल्ने गरेको समेत टिप्पणी गरे। ‘हाम्रो पार्टीमा अनुशासन भएन,’ उनले भने, ‘संसद्‍मा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो। व्यक्तिवादी प्रवृत्ति बढी भयो। अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad