विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्न बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।
आज पटक पटक बस्दै स्थगित हुँदै गरेको समिति बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजीपन्तले सरोकारवालासँग विधेयकबारे सहमति जुटिनसकेको भन्दै विधेयक केही दिनलाई होल्ड गर्नुपर्नेप्रस्ताव गरेका थिए।
मन्त्रीको प्रस्तावप्रति समिति सदस्यहरुले चर्को असन्तुष्टि जनाए पनि अन्तिममा समिति सभापति अम्मरबहादुर थापाले 'अर्को बैठकबारे पछि सूचना गर्नेगरी' आजको बैठक स्थगित भएको घोषणा गरे।
बैठकमा मन्त्री पन्तले सरकारले अगाडि बढाउन नचाहेको विधेयक समितिले पारित गरेर पठाउन नसक्ने चेतावनी दिएका थिए।
विद्यालयसम्बन्धी विधेयक पारित गर्न शिक्षक महासंले असार १५ गतेसम्मको समय दिएको थियो। त्यही अनुसार महासंघका नेताहरुले सत्तारुढ दल नेकपा एमालेका मुख्यसचेतकसँग सहमति गरेका थिए।
उक्त सम्झौता अनुसार जानुपर्ने भन्दै विधेयक होल्ड गर्ने मन्त्रीको प्रस्तावप्रति सांसदहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुले आजै विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए।
Shares

प्रतिक्रिया