राजनीति


शिक्षा विधेयक ‘होल्ड’ गर्न शिक्षामन्त्रीको प्रस्ताव, सांसदहरूको चर्को असन्तुष्टि

शिक्षा विधेयक ‘होल्ड’ गर्न शिक्षामन्त्रीको प्रस्ताव, सांसदहरूको चर्को असन्तुष्टि

शिक्षा समितिका सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघु पन्त र उपसमिति संयोजक छविलाल विश्वकर्मा


नेपालखबर
असार १६, २०८२ सोमबार १८:६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी विधेयक केही दिनलाई स्थगित गर्न आग्रह गरेको छन्। 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा उनले शिक्षक महासंघसँग सहमति जुट्न बाँकी रहेको भन्दै समितिबाट विधेयक अगाडि बढाउने कुरा २/३ दिनलाई होल्ड गर्न आग्रह गरेका थिए। 

सरकारले भनेपछि संसदीय समितिले विधेयक रोक्नुपर्ने मन्त्री पन्तको भनाइ थियो। ‘सरकारले भनेको मान्दैनौँ,हामी पारित गरेर जान्छौँ भन्ने हो भने म रोक्दिनँ,’ उनले समिति बैठकमा भने, ‘तर, हाम्रो अहिलेसम्मको संसदीय समितिको अभ्यासमा त्यस्तो भएको छैन। मान्यहरुको भावनासँग सहमत हुँदाहुँदै पनि २/३ दिन पर्खिनुहोस् न। अलिकति हामी प्रयत्न गरौँ न।’

विधेयकबारे सरकारले सरोकारवालासँग सहमति जुटाउने प्रयत्न गरे पनि सहमति जुट्न नसकेको भन्दै मन्त्री पन्तले केही समय दिन आग्रह गरे। ‘हामीले अझै गाँठो फुकाउन सकिन्छ कि भनेर अलि फरक तहबाट पनि प्रयत्न गर्‍यौँ,’ उनले भने, ‘अलि समय लाग्ने देखिएपछि मान्यहरुलाई मेरो के आग्रह हो भने केही समय यसलाई स्थगित गरौँ।’

पन्तले थपे, ‘किनभन्दा संसदीय प्रणालीमा मन्त्रीले यसलाई रोक्नु भनेपछि त्यो विधेयकको अंग हुँदैन। विधेयककमा रुपमा जाँदैन।’

विद्यालयसम्बन्धी विधेयक पारित गर्न शिक्षक महासंले असार १५ गतेसम्मको समय दिएको थियो। त्यही अनुसार महासंघका नेताहरुले सत्तारुढ दल नेकपा एमालेका मुख्यसचेतकसँग सहमति गरेका थिए। 

उक्त सम्झौता अनुसार जानुपर्ने भन्दै विधेयक होल्ड गर्ने मन्त्रीको प्रस्तावप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन्। 

समिति सदस्य सांसद ईश्वरी धर्तीले बिहानदेखि बसेको बैठक ८ घण्टासम्म पर्खाएर फेरी बैठक स्थगित गर्न पान्छ भन्दै प्रश्न गरिन्। ‘विधेयक आज नै पास गर्नुपर्छ, कुनै पनि हालतमा छोड्दैनौँ,’ उनले भनिन्, ‘कसैको रहरले बैठक टुंगाउने ,कसैको रहरले बैठक बस्ने हुन्छ?’

अर्की सांसद सरिता भुसालले पनि विधेय रोक्न नहुने मत राखिन्। उनले भनिन्, ‘एक जनाले सदस्यले रोक्दा स्थगित हुने भने पछि हामी पनि कुनै मुद्दा लिएर रोक्ने छौँ त्यसको लागि सभापति तयार हुनुहुन्छ?’

त्यस्तै विनिताकुमारी सिंहले पनि विधेयक आजै पारित गर्नुपर्ने अडान राखिन्। ‘आज पारित नभए कहिले पारित हुदैन्?,’ उनले भनिन्, ‘ रातिसम्म कुरेर पनि आज नै पास हुनुपर्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad