नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार बोल्दै उनले यस्तो बताएको हुन्। उनले न्यायालयप्रति आम जनताको भरोसा करिब-करिब टुट्न खोजेको स्थिति रहेको बताए।
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई न्यायालयको विश्वास जगाउने योजना के छन् भनेर प्रश्न पनि उनले गरे।
न्यायाधीशहरूको भूमिकाप्रति नै आमनागरिकले प्रश्न उठाउने गरेको उनले सुनाए।
उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर भएको छ। कमजोर मात्रै होइन, भरोसा करिब-करिब टुट्न खोजेको छ। त्यसमा जिम्मेवार कारण धेरै होलान्। त्यसमध्ये एउटा न्यायाधीशहरूको भूमिकाप्रति नै गम्भीर प्रश्न छ। उहाँहरूको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरू, यी विषयहरू छन्। यहाँले भोलि यस प्रकारका टिप्पणीहरू पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ? पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ?’
प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरूले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाणभन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको टिप्पणी पनि गरे।
Shares

प्रतिक्रिया