नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरुको स्वार्थमा नीति ल्याएको आरोप लगाएका छन्।
पार्टी सम्वद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै उनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको दाबी गरे।
सत्तानिकट अमूक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौंको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ छ। ‘स्पन्ज आइरनमा लगाइँदै आइको करलाई १ प्रतिशत झारिएको छ, अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ,’ पुनले भने, ‘यसरी त उद्योग चल्दैन। भएको रोजगारी पनि गुम्छ।’
यो स्थितिको अनत्य नगरी मुलुकमा राष्ट्रिय पूँजी निर्माण सम्भव नहुने उल्लेख गरे। ‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानुन बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन’, पुनले भने, ‘राष्टिय पूँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको अधार तयार पार्न सकिन्छ।’
फरक प्रसंगमा उनले नेपालका दुईहरु चीन विश्वको देश्रो र भारत तेस्रो ठूलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए। त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औंल्याए।
‘नेपालले उत्तर र दक्षिणको विकासको फाइदा लिनुपर्छ,’ पुनले भने, ‘त्यसैले हामीले हाम्रो सरका भएको बेलामा उत्तर–दक्षिण करिडोरको अवधारणा ल्याएरु कार्यान्वयन गरेका हौं।’
Shares

प्रतिक्रिया