राजनीति


प्रचण्ड-माधवसहित दुई पार्टीका शीर्ष नेताबीच छलफल

प्रचण्ड-माधवसहित दुई पार्टीका शीर्ष नेताबीच छलफल

नेपालखबर
असार १०, २०८२ मंगलबार १५:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल  नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बीच भेट भएको छ। नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो। 

भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका  वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए। 

'दुई दलका नेताहरू आज छलफलमा बसेका थियौँ,' नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, 'संसद्‌मा भइरहेको गतिविधि, विचाराधीन विधेयक, बजेटलगायतका विषयमा कुरा भयो।'

नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad