राजनीति


स्थानीय तह संघीयताको मेरुदन्ड हुन्ः मन्त्री  गुप्ता

स्थानीय तह संघीयताको मेरुदन्ड हुन्ः मन्त्री  गुप्ता

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८२ मंगलबार १५:४०, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रहेको बताएका छन्। 

नागार्जुन नगरपालिकाको ११औँ नगरसभा उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताएका हुन्। 

'स्थानीय सरकारहरू नागरिकका नजिकको सरकार हुन्, ती नै सङ्घीयताको मेरुदण्ड हुन्,' उनले भने, 'जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ।'

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सन्तुलित तथा समावेशी भन्दै प्रशंसा गरे। उनले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताए।

'नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ। अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ' उनले भने। 

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad