राजनीति


जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संसदीय दललाई दियो निर्देशन

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संसदीय दललाई दियो निर्देशन

नेपालखबर
असार ९, २०८२ सोमबार १६:३, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आज सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको, संविधान संशोधनको काम सुरु गर्न नसकेको, आर्थिक अवस्था सुधार गर्न नसकेको निष्कर्ष निकाल्दै समर्थनको विषयमा पुनर्विचार गर्ने तयारी गरिएको अध्यक्ष उपेन्द्र यादवले नेपालखबरलाई जानकारी दिए। 

'केन्द्रीय कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थनको विषयमा पुनर्विचार गर्ने निर्णय गरेको छ। यसबारे अन्तिम निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ' उनले भने।  

यस्ता छन् बैठकका निर्णयहरू  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad