राजनीति


कुलिङ पिरियडका कारण निजामती विधेयक रोकिएको होइन: मन्त्री गुप्ता

कुलिङ पिरियडका कारण निजामती विधेयक रोकिएको होइन: मन्त्री गुप्ता

नेपालखबर
असार ९, २०८२ सोमबार १६:१६, काठमाडौँ

संघीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण संघीय निजामती सेवा विधेयक नरोकिएको दाबी गरेका छन्। विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले संसद्‌मा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको बताएका हुन्।  

‘मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसद्लाई दिन नसक्ने अवस्था सृजना भएपछि आफ्ना सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ,’ उनले भने, ‘विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक रोकिएको होइन।’

विगत ९ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गराउँदै उनले विधेयक अब चाँडै अघि बढ्ने बताए।

‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो?’ भन्ने अधिकांश सांसदहरूले सोधेको प्रश्नमा मन्त्री गुप्ताले भने,‘कुलिङ पिरियड होइन ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad