राजनीति


टाउको दुख्यो भनेर पेटको उपचार गरेर हुँदैनः विराजभक्त श्रेष्ठ

टाउको दुख्यो भनेर पेटको उपचार गरेर हुँदैनः विराजभक्त श्रेष्ठ

नेपालखबर
असार ९, २०८२ सोमबार १५:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन्। सोमबार अर्थसमितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताएका हुन्। 

उनले सबैको उपचार करमा नै थुपार्ने गरिएको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको बताए। सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको उनको भनाइ छ।

‘हामी जे चिजको पनि उपचार करमा नै थुपारिदिन्छौँ। त्यसले दैनिक उपभोक्ताहरुलाई मार पर्छ। सुनको कुरा गर्दा हेर्दा जसरी व्याख्या गरे पनि हुन्छ। तर हाम्रो अर्थतन्त्रलाई अनौपचारिक रुपमा गृहिणीदेखि लिएर सबैले बचाईरहेको सुनले गर्दा कहीँ न कहीँ स्टेबल भएको भन्ने मान्यता पनि छ,' उनले भने, 'यसपालि आएको चिज पर्याप्त छलफल नै आएको जस्तो लाग्यो । टाउको दुख्यो भनेर पेटको उपचार गरेर त भएन । हामी कहाँ बेथिति यस्तो छ अनि हामी ग्रे लिस्ट र ब्ल्याक लिस्ट भनेर तसाईदिन्छौँ । सतही हिसावले औषधि खाएर निको पार्ने भए कर जति पनि बढाए भयो । तर कालो धनको कुरा भए प्रणालीमा सुधार गर्नुपर्छ ।’

सांसद श्रेष्ठले अनौपचारिक रुमपा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad