राजनीति


इतिहासले गृहमन्त्रीलाई ‘काफिला’ लुट्दा मौन बस्ने कायर ‘रहबर’को रुपमा सम्झिनेछः सांसद साह

इतिहासले गृहमन्त्रीलाई ‘काफिला’ लुट्दा मौन बस्ने कायर ‘रहबर’को रुपमा सम्झिनेछः सांसद साह

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार १२:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई इतिहासले ‘काफिला’ लुट्दा मौन मस्ने कायर ‘रहबर’को रुपमा सम्झिने टिप्पणी गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेर बसेको समेत आरोप लगाए।

भिजिट भिसामार्फत ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत उनले माग दोहो¥याए।

‘गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ साहले भने, ‘आज उहाँमाथि प्रश्न उठेको छ। आज उपदेश नभई आचरण देखाउने समय हो। नत्र इतिहासले उहाँलाई काफिला लुट्दा मौन बस्ने कायर रहबरको रुपमा सम्झिनेछ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको छ।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad