राजनीति


२ घण्टा संसद्‍मै बसेर बाहिरिए रास्वपा सांसद, प्रकाशशरणले गरे कटाक्ष

२ घण्टा संसद्‍मै बसेर बाहिरिए रास्वपा सांसद, प्रकाशशरणले गरे कटाक्ष

नेपालखबर
असार ७, २०८२ शनिबार १५:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले शनिबारको प्रतिनिधिसभा बैठक पनि बहिस्कार गरेका छन्। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर वेल घेर्ने गर्दै आएका उनीहरूले आजको बैठकमा पनि केही समय विरोध जनाएपछि बैठक छोडेर हिँडेका हुन्।

१२ बजेदेखि सुरु भएको संसद् बैठकमा रास्वपा सांसदहरुले करिब २ घण्टाजति उभिएर विरोध जनाएका थिए। तर,  सभामुख देवराज घिमिरेले उनीहरुको विरोधका बाबजुद पनि बजेटमाथिको छलफल अघि बढाएका थिए। 

तर, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बोल्न थालेपछि उनीहरु बाहिरिएका थिए। रास्वपा सांसदहरुले सदन छोडेपछि महतले ‘लगातार उभिन गाह्रो हुन्छ’ भन्दै कटाक्ष गरेका थिए। 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपा सांसदहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad