राजनीति


करिश्मा नेकपा प्रवेश गर्ने तयारीमा, प्रचण्डसँग भयो भेटवार्ता

करिश्मा नेकपा प्रवेश गर्ने तयारीमा, प्रचण्डसँग भयो भेटवार्ता

नेपालखबर
असार २२, २०७६ आइतबार ७:५६,

केही समयअघि नयाँ शक्ति पार्टी परित्याग गरेकी नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने भएकी छन्। केही समयअघि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएकी थिइन्।

उनले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी हुन्। भेटका क्रममा पार्टी प्रवेशको विषयमा कुराकानी भएको प्रचण्डनिकट स्रोतले नेपालखबरलाई जानकारी दियो।

‘केही समयअघिदेखि यो विषयमा छलफल भइरहेको छ। अध्यक्षज्यूसँगको भेट पनि त्यही सिलसिलाको निरन्तरता हो’, खुमल्टार स्रोतले भन्यो।

नेपालखबरले करिश्मासँग सम्पर्क गरी सोधेको थियो, 'के तपाइँ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नु लाग्नु भएको हो?'

यसमा उनले ठोस जवाफ दिइनन्, धेरे बोल्न मानिन्। भनिन्, ‘तपाईंलाई कसले भन्यो ? अहिले कन्फर्म भइसकेको छैन। कन्फर्म भएपछि बल्ल कुरा गरौँला नि है।’

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएपछि करिश्मा नयाँ शक्तिसँग असन्तुष्ट भएकी थिइन्। स्रोतका अनुसार उनले त्यतिबेलै नेकपा प्रवेश गर्ने इच्छा देखाएकी थिइन्। त्यही बेलादेखि सम्वाद भइरहेको हो।

यसैबीच करिश्माले प्रचण्ड पत्नी सीताको जन्मदिन उपलक्ष्यमा शुभकामना दिएकी छिन्। 'ग्रहण गर्नुस म्याम , हजारौं नेपाली आमा को हालत येही हो !  जन्मदिन को शुभकामना ?', उनले आइतबार भनेकी छिन्। शनिबार प्रचण्ड पत्नी सीताको जन्मदिन परेको थियो।

हालै एसईई पास भएकी उनी कलेज जीवनसँगै राजनीति अघि बढाउने तयारीमा छिन्। केही दिनमै उनको नेकपा प्रवेशको मिति तय हुने स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .