अनलाइन सट्टेबाजी माध्यम (एकसबेट, जुवा ३६५, क्रिपो) मार्फत सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँको कारोबार भेटिएको छ।
उनी सामाजिक सञ्जालमा ‘जुवा ३६५’ नामक पेजको आधिकारिक व्यक्ति रहेको पनि रेग्मीले बताए।
123
Shares

प्रतिक्रिया