नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट निश्चित जिल्ला र क्षेत्रमा केन्द्रित गरी विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गरे। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले निश्चित जिल्ला र क्षेत्र बाहेक नागरिकलाई नागरिक नै नसोचेको टिप्पणी गरे।
उनले निश्चित क्षेत्रलाई मात्रै अङ्कित गरेर विनियोजन बजेटले देशलाई कहाँ पुर्याउला? भन्दै प्रश्न गरे। उनले समृद्ध नारा नभई समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने मात्रै देश समृद्ध हुने र नेपाली जनता सुखी हुने जिकिर गरे। उनले देशमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र उत्पादनलाई प्राथमिकतामा दिएर अगाडी बढ्नुपर्ने बताए।
'समृद्ध नारा होइन, समृद्ध बजेट बनाउनुपर्यो। समृद्ध आम सन्तुलित बजेट बनाएर अघि बढ्यौँ भने देश समृद्ध हुन्छ। तब मात्रै नेपाली जनता सुखी हुन्छन्। बजेट भरी एउटा जिल्लामा, एउटा निर्वाचन क्षेत्रमा अनि अन्यत्रका जनता भरी जनतै होइनन्?,' उनले भने, 'निश्चित २०–४० क्षेत्रलाई मात्रै अङ्कित गरेर बजेट विनियोजन गरियो भने कहाँ पुग्ला? शिक्षा अहिले पनि लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ । स्वास्थ्य लथालिङ्ग छ, त्यसलाई विशेष ध्यान दिऔँ। गरिबी निवारण मन्त्रालय भनेको छ के निवारण गर्छ थाहा छैन। राज्यको उत्पादनमा प्राथमिकता दिऔँ, राज्यको ढुकुटीलाई बलियो बनाऔँ। राष्ट्र निर्माणमा त्यसले टेवा दिन्छ।'
Shares

प्रतिक्रिया