जिल्ला प्रहरी परिसर, काठमाडौंले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ छाउनी बस्ने वर्ष ५२ को प्रणवलाल सिं रहेका छन्।
एक्काइस लाख रुपैयाँ बराबरको बिगो रकम र २ वर्ष कैद भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंलाई खोजतलास गर्ने क्रममा असार ५ गते प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको
सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।
141
Shares

प्रतिक्रिया