राजनीति


रास्वपा भन्छः भिजिट भिसा प्रकरण र उपसभामुखको ‘गल्ती’ तुलना गर्न मिल्दैन

रास्वपा भन्छः भिजिट भिसा प्रकरण र उपसभामुखको ‘गल्ती’ तुलना गर्न मिल्दैन

नेपालखबर
असार ५, २०८२ बिहिबार १९:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराए।

उनले हाल भिजिट भिषा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली कांग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाए।

सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानबिनमा सघाउन तयार भएपनि भिजिट भिसा प्रकरणमा कांग्रेसले त्यसो गर्नसमेत नचाहेको उनको दाबी छ ।

उनले भने, ‘उपसभामुखज्यूले उहाँको हस्ताक्षरसहित भिसाको अन्तरवार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदूतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन। अर्को भिसाको लागि या भिजिट भिसाको लागि थिएन। अन्तरवार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो। दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन। त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो। त्यसैले गर्दा यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो। उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ। मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्वीकार्नुभयो।’

उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भएपनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरेको उनले स्मरण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad