राजनीति


भिजिट भिसा प्रकरणको छानबिनमा सबै दल एकजुट हुनुपर्छ: ज्ञानेन्द्र शाही

भिजिट भिसा प्रकरणको छानबिनमा सबै दल एकजुट हुनुपर्छ: ज्ञानेन्द्र शाही

नेपालखबर
असार ५, २०८२ बिहिबार १३:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।  प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्।  

उनले उक्त प्रकरणमा अहिलेका गहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए। 

उनले लाखौँ नेपालीहरू विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे। 

‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन। हामी सबैको साझा मुद्दा हो। आजको एकजना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो। राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ,' उनले भने, 'यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन। आज लाखौँ मान्छेहरू बेचिएर अलपत्र परेका छन्। जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ।’

उनले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गरे।  राप्रपाले आज पनि बैठक बहिष्कार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad