राजनीति


सुमना श्रेष्ठमाथि गृहमन्त्रीले लगाएको आरोपको छानबिन गर्न रास्वपाले बनायो समिति

सुमना श्रेष्ठमाथि  गृहमन्त्रीले लगाएको आरोपको छानबिन गर्न रास्वपाले बनायो समिति

नेपालखबर
असार ५, २०८२ बिहिबार १२:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखककले संसद्को रोष्टमबाट पार्टीकी सांसद सुमना श्रेष्ठमाथि लगाएको आरोपबारे छानबिन गर्न समिति बनाएको छ। 

रास्वपाको बुधबार बसेको सचिवालय बैठकले सांसद प्रा.डा चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लव बिष्ट सदस्यहरू रहेका छन्। 

छानबिन समितिले गृहमन्त्री लेखकले रोष्टमबाट दिएको ‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको’ भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसमा पार्टीका कुनै व्यक्तिको संलग्नता भए, नभएबारे अनुसन्धान गर्नेछ।

‘‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएकोछ , ‘पार्टीले यसलाई संसद्को रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृंखलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad