राजनीति


प्रधानमन्त्रीको आह्वानमा ३ दलका शीर्ष नेताबीच छलफल हुँदै

प्रधानमन्त्रीको आह्वानमा ३ दलका शीर्ष नेताबीच छलफल हुँदै

नेपालखबर
असार ४, २०८२ बुधबार १२:३०, काठमाडौँ

प्रमुख तीन दलका शीर्ष नेताबीच आज दिउँसो छलफल हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शीर्ष नेताबीच बैठक हुन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार दिउँसो बैठक हुने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad