खेल


टी-२० मा करण केसीको सय विकेट

टी-२० मा करण केसीको सय विकेट

सय विकेट लिएका केसीसँग अन्य खेलाडी।


नेपालखबर
असार ४, २०८२ बुधबार १२:३७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले टी-२० अन्तराष्ट्रिय क्रिकेटमा १ सय विकेटको कोशेढुङ्गा पार गरेका छन्। 

मंगलबार राति स्कटल्यान्डविरुद्धको खेलमा करणले दोस्रो ओभरको तेस्रो बलमा ओपनर जर्ज मुन्सीको विकेट लिएसँगै टी-२० आइमा एक सय विकेट पूरा गरेका हुन्। करणले चौथो ओभरको चौथो बलमा फिन्ले म्याकक्रेथको पनि विकेट लिए। 

स्कटल्यान्डविरुद्ध करणले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। २ विकेट लिएसँगै करणले टी-२० आइमा १ सय १ विकेट आफ्नो नाममा गरेका छन्। 

सन् २०१५ मा नेदरल्यान्डस्‌विरुद्ध खेल्दै टी-२० आइमा करणले डेब्यु गरेका थिए। उनले ८० औँ खेलमा आएर १ सय विकेटको कोशेढुङगा पार गरेका हुन्।

नेपालबाट टी-२०मा सय विकेटको कोशेढुंगा पहिले पार गर्नेमा लेग स्पिनर सन्दीप लामिछाने छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad