राजनीति


धरौटीमा छुटेपछि मिश्रले भने- राज्यले फसाउन खोजेको थियो, अदालतले न्याय दियो

धरौटीमा छुटेपछि मिश्रले भने- राज्यले फसाउन खोजेको थियो, अदालतले न्याय दियो

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १९:११, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको न्यायप्रणालीमा विश्वास बढेको बताएका छन्। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मंगलबार तीन लाख धरौटीमा रिहा भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

मिश्रले अदालत परिसरमै सञ्चारकर्मीसँग भने, ‘राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ। अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्दो रहेछ। नेपालको न्यायलयमाथि एकदम दृढ विश्वास बढेको छ।’

उनले थपे, ‘हामीलाई राज्यले जुन किसिमको आरोप लगायो। दोषि करार गर्नका लागि जसरी राज्य पक्षबाट आरोपहरू लगाइयो, त्यो दुखदायी थियो। अदालतले न्याय दिएकोमा खुसी छु। यो मुद्दाको बारेमा बढी टिप्पणी नगरौँ। हामी असाध्यै खुसी छौँ।’

मिश्र अदलातबाट निस्कँदा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सँगै थिए। उनी पनि यही मुद्दामा सोमबार मात्रै तीन लाख धरौटी बुझाएर रिहा भएका थिए। 

मिश्र र राणालाई प्रहरीले अनुसन्धानको अन्तिम चरणमा हाजिरी जमानीमा रिहा गरेको थियो। राणाले पनि धरौटीमा रिहा भएपछि मिश्रसँगै छोटो प्रतिक्रिया दिएका छन्। उनले भने, ‘राज्यले फसाउन खोजेको थियो। आरोप स्थापित गर्न सक्ने सक्म्भावना छैन। अदालतलाई र सहयोग गर्ने सबैलाई धन्यवाद। तपाईंहरूलाई पनि धन्यवाद।’

चैत १५ गते काठमाडोँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँसहित ७ जना भने कारागार चलान भएका छन्। ३४ जना रिहा भएका हुन्। यो घटनामा संलग्न रहेको आरोपमा ६५ जनाविरुद्ध विभिन्न मुद्दा चलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad