राजनीति


संसद् बैठकअघि सभामुख र गृहमन्त्री छलफलमा

संसद् बैठकअघि सभामुख र गृहमन्त्री छलफलमा

नेपालखबर
असार ३, २०८२ मंगलबार १३:३२, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन्।  

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए। 

गत शुक्रबार प्रमुख प्रतिपक्षी दल र सत्तापक्षबीच सदन सञ्चालनको विषयमा सहमति भएको थियो। अधिकारीका अनुसार अहिले सभामुख घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच छलफल जारी छ। भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीकै राजीनामा माग्दै सदनमा अवरोध गरिरहेको छ। 

सभामुखले सदन सञ्चालनको वातावरण बनाउन भन्दै परियारसँग छलफल गरेका हुन्। 

सहमतिका दुई बुँदा
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad