कोशी


४ हजार २ सय ३० किलो गाँजासहित २ ट्रक नियन्त्रणमा

४ हजार २ सय ३० किलो गाँजासहित २ ट्रक नियन्त्रणमा

सुमन सुस्केरा
असार ३, २०८२ मंगलबार १३:३७, विराटनगर

सुनसरीमा ४ हजारभन्दा बढी गाँजासहित दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। 

सुनसरीको धरान उपमहानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम लागु औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

असार २ गते धरान–१३ शिवधारास्थित कोसी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो। 

यसै गरी असार ३ गते इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोसी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याकगरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपेर ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। 

लागु औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा सहिदभुमी गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र– ९ का सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिईएको छ।

चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम लागु औषध गाँजासहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad