राजनीति


रास्वपाका सांसदले महत्त्वपूर्ण अवसर गुमाएः महत

रास्वपाका सांसदले महत्त्वपूर्ण अवसर गुमाएः महत

नेपालखबर
असार १, २०८२ आइतबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डमहतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताए।

उनले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए।

विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुशीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे। 

डाक्टर महत भन्छन्, ‘बजेट बर्षमा एक पटक आउँछ। त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्वपूर्ण अवसर उहाँहरूले गुमाउनुभएको छ। मलाई दुःख लागेको छ कि यस्तो महत्वपूर्ण विषयमा छलफलमा भाग नलिएर जुन विषय उनहरूले उठाउनु हुँदैछ त्यसमा कुनै आधार नै छैन। कुनैपनि आधार नभएको विषयलाईै लिएर यो छलफललाई अवरोध गर्नु, छलफलमा भाग नलिनु वास्तवमा जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमाराहमा राख्नु हो भन्ने मलाई लाग्छ।’ 

उनले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणामुखी बनाउने कोसिस गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad