राजनीति


रास्वपाका सांसदले अवसर गुमाए: प्रकाशशरण महत

रास्वपाका सांसदले अवसर गुमाए: प्रकाशशरण महत

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार १४:४८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गरेका छन्।  

आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताएका हुन्।  

उनले कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए। विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुशीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे। 

‘दुर्भाग्य हो कि यो छलफलमा निर्धारित समय जुन तोकिएको थियो त्यो दिनदेखि नै छलफल अगाडि बढ्नु पर्थ्यो। विपक्षीमा रहेका दलहरूसँग निरन्तर छलफल पनि सरकारले गर्‍यो  र तत्पश्चात माओवादीलगायतका दलहरूले यो प्रक्रियामा सहभागी हुनुभएको छ,' उनले भने, 'तर, रास्वापाका साथीहरूले पनि यो बहसमा सहभागी भएर गम्भीर छलफल गर्नुपर्थ्यो। बजेट बर्षमा एक पटक आउँछ। त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्वपूर्ण अवसर उहाँहरूले गुमाउनुभएको छ।'

उहाँले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणामुखी बनाउने प्रयास गरेको पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad