राजनीति


वित्तीय संस्थाका कोष सरकारीमा सार्न हतार नगरौँ: पूर्वअर्थमन्त्री महत

वित्तीय संस्थाका कोष सरकारीमा सार्न हतार नगरौँ: पूर्वअर्थमन्त्री महत

नेपालखबर
असार १, २०८२ आइतबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन्। आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले यो व्यवस्था यसैपालि अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन्।

'बैंक तथा वित्तीय संस्थाहरूमा अवकाश कोष खडा गरिएको छ। ती कोषहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा, नागरिक लगानी कोष या अरूमा अनिवार्य रूपमा जाडिनुपर्छ भनेर प्रस्ताव गरिएको छ। यसलाई अहिलेले नै यसैपालि अनिवार्य नबनाऔँ,' उनले भने।

डा. महतले यसलाई स्वेच्छिक रूपमा जोडिन दिँदा उपयुक्त हुने बताए। जानैपर्ने भन्ने अनिवार्य व्यवस्थाले समस्या निम्त्याउने उनको भनाइ थियो। 'उनीहरूले स्वतन्त्र रूपमा हरेक बैंकमा अवकाश कोष बनाएका छन्। त्यो कोषबाट पनि लगानी भइरहेको छ। अनिवार्य रूपमा कोष विघटन गरेर सरकारी कोषहरूमा जानुपर्ने व्यवस्था अहिले ऐच्छिक गरौँ। हतार नगरौँ' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad