राजनीति


संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक पारित

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक पारित

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १६:२८, काठमाडौँ

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित गरेको हो।

सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव गरे। प्रस्तावलाई सदनबाट सर्वसम्मतिले पारित गरिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कुनै पनि नियम कानून सधैँ पुरानै रहनुपर्ने भन्ने नहुने र काम गर्ने चरणमा देखिने समस्या सुधार गर्दै जानुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad