राजनीति


भिजिट भिसा प्रकरणमा कांग्रेस, एमाले र माओवादीले गरे २ बुँदामा हस्ताक्षर, रास्वपालाई ठाउँ खाली

भिजिट भिसा प्रकरणमा कांग्रेस, एमाले र माओवादीले गरे २ बुँदामा हस्ताक्षर, रास्वपालाई ठाउँ खाली

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १५:२४, काठमाडौँ

भिजिट भिसा प्रकरणको छानबिन गर्ने विषयलाई लिएर हुँदै आएको प्रतिनिधिसभाको बैठक अवरोध हटाउनेबारे शीर्ष तीन दलबीच दुई बुँदे सहमति भएको छ। आज शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको हो। 

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।  हस्ताक्षर पत्रमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको भने हस्ताक्षर छैन। उसको ठाउँ खाली राखिएको छ।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने बताउँदै प्रतिपक्षीले सदन अवरुद्ध पार्दै आइरहेका थिए। अब सदनमा रास्वपा एक्लिएको छ। 

यो प्रकरणले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ।  

सहमतिका दुई बुँदा   
१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अस्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तिवार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad