राजनीति


मधेस प्रदेशका सांसद सरोजकुमार सिंह काठमाडौँबाट अख्तियार नियन्त्रणमा

मधेस प्रदेशका सांसद सरोजकुमार सिंह काठमाडौँबाट अख्तियार नियन्त्रणमा

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १८:२०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। अख्तियारको उच्चस्रोतबाट प्राप्त जानकारीअनुसार सिंहलाई काठमाडौँको बिजुलीबजारबाट बिहीबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो।

निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। 

'सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरेको। र आफूले बजेट ल्याइदिएको भन्दै उपभोक्ता समितिबाट  २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको पाइएको छ,' अख्तियार स्रोतले नेपालखबरसँग भन्यो। 

उनी जनता समाजवादी पार्टीका सांसद हुन्। 

उनी महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित हुन्। यसअघि अख्तियारले उनको घरमा छापा मारेको थियो। त्यस्तै प्रहरीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले नियन्त्रणमा लिइसकेको थियो।  

अख्तियारले उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको थियो। उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad