फिल्म ‘महाराजधिराज’ बाट अभिनेता पल शाह ‘आउट’ भएका छन्।
निर्देशक परिच्छेद सेनको यस फिल्ममा पल शाह मुख्य भूमिकामा देखिने पक्का भएको थियो। तर, अन्त्यमा निर्माण कम्पनीले उनीसँग गरिएको सम्झौता अन्त्य भएको घोषणा गरेको छ।
फिल्म निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले बिहीबार सूचना निकाल्दै आधिकारिक सम्झौता अन्त्यको जानकारी गराएको हो।
सूचनामा भनिएको छ,‘यस पत्रमार्फत निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र यहाँबीच चलचित्र ‘महाराजधिराज’ निर्माणका लागि मिति २०८१ कार्तिक १४ गते (सन् २०२४, अक्टोबर ३०) मा भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौँ।’
फिल्ममा आर्यन सिक्देल, रमेश उप्रेती र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। वर्षा राउत, वर्षा शिवाकोटी र उषा रजक पनि अनुबन्धित भइसकेका छन्।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक परिच्छेद सेनको लेखन रहेको छ। ‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन्।
‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने छ।
Shares

प्रतिक्रिया