राजनीति


अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

अध्यक्षका उम्मेदवार डा. सुजन कडरिया र प्रकाश पौडेल


नेपालखबर
जेठ २९, २०८२ बिहिबार ६:२३, काठमाडौँ

सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ। 

कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। 

यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो।  तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो। 

अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। 

महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।

त्यस्तै उपाध्यक्षमा उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ। 

सम्मेलनबाट  १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad