भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा ‘श्रीमतीकै षड्यन्त्रमा मारिएको’ घटना यतिबेला भारतमा व्यापक चर्चाको विषय बनिरहेको छ।
राजा रघुवंशीको हत्यामा संलग्न आरोपमा पक्राउ परेका उनकै पत्नी सोनमसहित पाँच जनालाई मेघालयको शिलोङ अदालतले बुधबार मात्र ८ दिनका लागि प्रहरीको हिरासतमा पठाएको छ।
यसैबीच सोनमका दाइ गोविन्द ज्वाइँ राजाको घरमा पुगेर उनकी आमालाई अँगालो हाल्दै रोएको भिडिओ भाइरल भएको छ।
गोविन्दले राजाकी आमा उमा रघुवंशीको खुट्टा समातेर रुँदै भनेका छन्, ‘म हरेक क्षण तपाईंको साथमा छु... मेरी बहिनी दोषी छिन्... म आफैँ सोनमविरुद्ध मुद्दा लड्नेछु...सोनमले गल्ती गरेकी छन् र उनलाई मृत्युदण्ड दिनुपर्छ।’
सोनमका दाइ गोविन्दले राजाकी आमालाई यस विषयमा उमाको परिवारलाई पूर्ण सहयोग गर्ने बताएका छन्।
भिडिओ-
— Peoples Update (@PeoplesUpdate) June 11, 2025इंदौर : राजा रघुवंशी की मां उमा से गले मिलकर फूट-फूट कर रोया सोनम का भाई गोविंद, कहा- सोनम ने गलती की, उसे सजा-ए-मौत मिले#Rajaraghuwanshi #RajaRaghuwanshiCase #UmaRaghuvanshi #HoneymoonMurderCase #IndoreCouple #RajaRaghuvanshiMurderCase #SonamRaghuvanshi #Shillong… pic.twitter.com/mdnmDDcW9G
प्रहरी स्रोतका अनुसार शिलोङ लगिएकी सोनमले सोधपुछका क्रममा आफ्नो अपराध स्वीकार गरेकी छन्।
प्रहरीले हत्याकाण्ड अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण प्रमाण पाएको छ। यसमा रगतले लतपतिएको रेनकोट र टी-सर्ट पनि छन्। यसका साथै शिलोङको पहाडमा राजाको हत्या गरिएको खुकुरी पनि बरामद भएको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया